नेशनल लाईफ इन्स्योरेन्सको एक दिने अभिकर्ता तालिम सम्पन्न

Jan 30, 2026 03:15 PM merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताका लागि एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रमअन्तर्गत छनौट भएका २८० जना अभिकर्ताहरुको सहभागीता थियो ।

धुलिखेल स्थित होटल सारथीमा सम्पन्न भएको तालिम कार्यक्रममा कम्पनीका उप प्रमुख कार्यकरी अधिकृत स्मृतिराज कडेलले कम्पनीमा आबद्ध अभिकर्ताहरुलाई आफुले आत्मसात गरेको अभिकर्ता पेशालाइ व्यावसायिक बनाउने उदेश्यले कम्पनीले विभिन्न अभिकर्तामैत्री मासिक तथा बार्षिक योजना जारी गर्दै आइरहेको बताए ।

उनले अभिकर्ताहरुलाइ उत्कृष्ट प्रशिक्षण दिने गरि प्रेरणा,प्रगति र पेशागत उत्कृष्टता को नाराका साथ मासिक योजना मन्थन जारी गरिएक बताए। यो योजनामा देशैभरबाट ७०० भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको उनको भनाइ छ ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।