आइतबार भएको खेलमा नेपाल बेलायतसँग ४ रनले पराजित भएको हो । वानखाडे क्रिकेट स्टेडियममा बेलायतले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन, लोकेश बम र कप्तान रोहित पौडेलले समान ३९–३९ रन बनाए ।
बलिङतर्फ बेलायतका लागि लिम डसनले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
इङ्ल्यान्डका लागि जेकब वेथेलले ५५ रन र कप्तान हेरी बेकरले ५३ रन बनाए ।
इङ्ल्यान्डका लागि विल ज्याकले ३९ रन बनाए । बलिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई दुई विकेट लिए । त्यस्तै शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
