नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँ घटेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ।अघिल्लाे दिन अथार्त बिहीबार, नेपाली बजारमा सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। आज चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा बिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावका कारण स्थानीय बजारमा पनि त्यसको ठूलो असर देखिएको महासंघले जनाएको छ।