तिहार बिदा अघिको अन्तिम कारोबार दिन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १५५ रुपैयाँ घटेको छ। कात्तिक २० गते, शुक्रबार तोलाको ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
