Mon, Feb 16, 2026
फागुन ४ गते, सोमबार होटल फरेष्ट इनको आइपीओ बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एआईसी एशिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आइपीओ बाँडफाँट गरेको हो।
होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्। मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३३ लाख २० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।
सो निष्काशनमा कुल २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपीओ बाँडफाँट गरिएको छ। जसअनुसार भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।