उनले भने, ‘यदि इरान र अमेरिकाबीच भइरहेको अप्रत्यक्ष आणविक वार्ताले युद्धमा परिणत भएमा इरानी सशस्त्र सेनाले उचित जवाफ दिनेछन्। इरानी सेना सधैं शतर्क छ र देशको रक्षा गर्न २४ घण्टा तयार रहेको छ ।’
बघाईले इरानी सशस्त्र सेनाले कुटनीतिक वार्तासँगै घटनाक्रमको निगरानी गरिरहेको बताए। इरान कुटनीतिक मार्गलाई गम्भीरतापूर्वक पछ्याउन प्रतिवद्ध छ र आगामी दिनमा अमेरिकासँग नयाँ चरणको वार्ता गर्ने आशा गरेको छ ।
यो महिनाको शुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा इरान र अमेरिकाका प्रतिनिधिमण्डलहरूबीच अप्रत्यक्ष आणविक वार्ताका दुई चरण सम्पन्न भएका थिए । नयाँ चरणको वार्ता बिहीवार जेनेभामा हुने अपेक्षा गरिएको छ । इरान र अमेरिकाबीच बढ्दो तनावका बीच यो कूटनीतिक प्रयास भइरहेको छ । जसमा पश्चिम एसियामा अमेरिकी सेनाको निर्माण पनि बढेको छ ।