सर्वोच्चकाे आदेश पछि दुर्गा प्रसाईं थुना मुक्त

Feb 25, 2026 03:28 PM Merolagani



राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् ।

उनीमाथि लगाइएको आरोप र पक्राउको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंको पक्षमा आदेश जारी गरेको थियो।

यद्यपि प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनी सोही दिन रिहा हुन नसकी बुधबार मात्रै मुक्त भएका हुन्।

प्रसाईंलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। यसअघि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै रिहा हुँदै आएका छन्।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।