बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ३४ करोड लगानी गर्दै राष्ट्र बैंक

Feb 26, 2026 02:43 PM Merolagani



बैंकहरुको मुद्दती निक्षेपमा नेपाल राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ७ करोड ३५ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९५ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३१ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ।

सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।





कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।