अराघचीकाअनुसार वार्तालाई मुख्य रूपमा ओमानका विदेश मन्त्री सय्यिद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले मध्यस्थता गरेका थिए । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले पनि केही क्षेत्रमा प्राविधिक योगदान दिए । जसलाई फाइदाजनक ठानिएको छ ।
यो पछिल्लो वार्ता इरान र अमेरिकाबीच बढ्दो तनाव र पश्चिम एसियामा अमेरिकी सैन्य निर्माणको बीचमा भएको हो । यसअघिका पहिलो र दोस्रो चरणको वार्ता यसै महिनाको सुरुमा ओमानको राजधानी मस्कट र जेनेभामा भएका थिए । यो वार्ताले आणविक सम्झौताको सम्भावना बढाएको देखिन्छ, तर अझै धेरै चुनौती बाँकी छन् ।