अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली आइपुगे काठमाडौं, अहिलेसम्म २०३ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काइ सक्याै

Feb 28, 2026 12:30 PM merolagani



अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् । चार्टर विमानमा राखी पठाइएका उनीहरु शनिबार (आज) बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गएको माघमा अमेरिकाले ९१, पुसमा ७५ र भदाैंमा ३७ जना नेपालीलाई डिपोर्ट गरी नेपाल पठाएको थियो ।

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएको उक्त देशले जनाउँदै आएको छ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।