मध्यपूर्वमा रहेका नेपालीलाई बालेन भने-सुरक्षित र सजग रहनुहाेला

Feb 28, 2026 09:43 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धमा सतर्क भएर सुरक्षित स्थानमा रहन बालेनले अनुरोध गरेका हुन् ।

 

“राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्णरूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नु हुन अनुरोध गर्दछु,” बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “आधिकारिक सूचना, समाचार र राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहुन समेत अनुरोध छ ।”

बालेनले सुरक्षित र सजग रहन भनेका छन् ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।