उनले नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पछि पारेकी छन्।
कार्किले कुल ४३ हजार ९६ मत प्राप्त गरेकी छन्।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १० हजार ४५ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका राज काजी महर्जनले १० हजार २२ मत प्राप्त गरेका छन्।