इलाम १ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर

Mar 09, 2026 06:24 AM Merolagani



प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहेको छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाममा पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो । कांग्रेसका निश्कल राईले १० हजार ६१५ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १० हजार ८४९ मत ल्याएका छन् ।

नेकपा एमालेका काजी मान कागतेले ९ हजार ७८१ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६४१८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका रन बहादुर राई ४ हजार ९१२ मतसहित पाँचौँ स्थानमा छन् ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।