अन्तिम चरणमा प्रत्यक्षतर्फको मतपरिणाम, १२५ सिटसहित रास्वपा बन्यो पहिलो पार्टी

Mar 09, 2026 05:19 PM merolagani



गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम करिव अन्तिम चरणमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

धनुषा–१ मा सर्वोच्चमा उजुरी परेपछि मतपरिणाम सार्वजनिक गरिएको छैन् । बाँकी संखुवासभा–१ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका अर्जुनकुमार कार्की फराकिलो मतका साथ अग्रस्थानमा छन् ।

मतपरिणाम अन्तिम चरणमा पुगिरहँदा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी सवैभन्दा ठूलो दल बनेको छ । हाल १२५ निर्वाचन क्षेत्रमा जित निकालेको रास्वपाले नै सरकारको नेतृत्व गर्नेछ । बालेन शाह भावी प्रधानमन्त्री हुँदैछन् ।

पछिल्लो मतपरिणामअनुसार, दोस्रो पार्टीका नेपाली कांग्रेस बन्ने देखिएको छ । कांग्रेसले प्रतिनिधि सभामा १८ स्थानमा जित निकालेको छ । त्यस्तै, नेकपा एमालेले ८ स्थानमा जित निकालेको र एक स्थानमा अग्रता गरी ९ स्थानमा जित्ने सम्भावना छ ।

त्यस्तै,नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा जित निकालेको छ । श्रम संस्कृति पार्टीले ३ सिटसहित संसदीय यात्रा तय गरेको छ भने राप्रपा र स्वतन्त्र १।१ जना निर्वाचित भएका छन् ।

हालसम्म समानुपातिकतर्फ पनि रास्वपा पहिलो पार्टी बनेको छ । हाल ९४ लाख ३२ हजार मत गणना हुँदा रास्वपाले ४५ लाख ५८ हजार मत प्राप्त गरिसकेको छ । त्यस्तै, नेपाली कांग्रेसले १५ लाख २८ हजार, नेकपा एमालेले १२ लाख ७४ हजार र नेकपाले ६ लाख ८६ हजार मत प्राप्त गरेका छन् ।

 




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।