दुई तिहाईको बालेन सरकार बन्ने पकका भएपछि सेयर बजारमा पैसाको ओईरो, तर लगानीकर्ताले किन्नै पाएनन्

Mar 09, 2026 09:25 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा झण्डै दुई तिहाई बहुमत पाएर सरकार गठन गर्ने तयारीमा लाग्दै गर्दा सेयर बजारमा भने पैसाको ओईरो लागेको छ ।

चुनावपछि पहिलो दिन खुलेको सोमबारको बजारमा आपुर्ति भन्दा माग ज्यादा भएकाले लगातार तीन सर्किट लागेर बजार बन्द भएपछि लगानीकर्ताहरुले सेयर किन्नै पाएनन् ।

लगानीकर्ताहरुले सोमबार सेयर दलालहरुको बैंक खातामा अनलाईन माध्यमबाट करोडौ रुपैयाँ पठाएर खरिद सिमा (लिमिट) लिई खरिद गर्न तम्तयार बसेका थिए । नियमित शत्रको कारोबार शुरु हुँदा केही सेकेण्डमा नै सेयरको मूल्य अत्यधिक बढ्न गई नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलोपल्ट कारोबार बन्द भएको थियो । त्यसको २१ मिनेटपछि खुलेको बजारमा पनि माग थामिनसक्नु भएपछि नेप्सेको कारोबार प्रणालीले नै काम गर्न सकेन र केही सेकेण्डपछि फेरि कारोबार ४० मिनेटका लागि बन्द भयो । १२ बजेर १ मिनेटमा खुलेको कारोबार पुन केही सेकेण्डपछि पुरै दिनभरका लागि बन्द भएको थियो । २० वटा भन्दा बढी कम्पनीको मूल्य झण्डै १० प्रतिशतले बढेर एउटा मात्र कम्पनीको मूल्य घट्दा ५५ करोड माथिको कारोबार भयो । सेयर दलालको खातामा अनलाईन माध्यमबाट विहानै रकम हस्तान्तरण गरेर कारोबार सिमा लिई खरिदका लागि ठिक्क परेका लगानीकर्ताहरु सेयर किन्न नपाएर हैरान भए ।

सेयर किन्न सकेकाहरुले पनि पर्याप्त सेयर हात नपरेको भन्दै दिनभर बजारको भबिष्यबारे मन्थन गरिरहेका थिए । रास्वपाले आम चुनावमा दुई तिहाई बहुमत पाउँदै गरेको देखिएपछि लगानीकर्ताहरुको मनोबल बढेर पहिलो कारोबार दिनमा सर्किट लाग्ने अपेक्षा गरिएकै थियो । तर सोमबार कयौं सेयर दलालहरुको बैंक खातामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै नगद जम्मा भएको थियो । एक सेयर दलालले भने, यति धेरै पैसा हाम्रो बैंक खाताामा एकैदिन लगानीकर्ताहरुले कहिल्यै जम्मा गरेका थिएनन्, अचम्मै भयो । सोमबार सेयर दलालहरुको बैंक खातामा रकम पठाएर लिमिट लिन तछाड मछाड गर्नेहरुमा साना र मध्यम खालका लगानीकर्ता मात्रै हैन, ठूला लगानीकर्ता पनि उत्तिकै थिए । अर्का सेयर दलालले भने, यसअघि सेयर किनेको पैसा पटक पटक माग्दा नदिने ठूला लगानीकर्ताले समेत ठूलै रकम प्रणालीमा पठाएर लिमिट लिए । चेक दिएर र उधारो लिमिट माग्नेहरु पनि धेरै थिए । सोमबार प्रयोग हुन नसकेको लिमिट मंगलबारको कारोबारमा प्रयोग हुने भए पनि लगानीकर्ताले चाहेको मात्रामा सेयर किन्न पाईएला भनेर ढुक्क छैनन् ।

खरिदकर्ताहरुले अग्रिम रुपमा पैसा प्रणालीमा पडाउने क्रम तीब्र भएकाले सेयर दलालहरुसँग पर्याप्त तरलता छ । यसअघि तरलताको अभावमा दैनिक राफसाफ समेत धान्न मुस्किलमा रहेका दलालहरुलाई बढ्दो तररलताले राहत मिलेको मात्रै छैन, केही दिन बजार चलायमान हुने संकेत समेत देखिएको छ । सेयरको मूल्य बढ्ने क्रम शुरु भएकाले ज्यादै कम ब्याज दरमा बैंकमा पैसा राखेका र अन्यत्र लगानी गरेकाहरुले पनि सेयर बजारमै पैसा खन्याउने संकेत देखिएको छ । सेयर लगानीकर्ता तिलक कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो बाचा पत्रमा पूँजी बजार मैत्री नीतिलाई सर्वाधिक महत्वका साथ उल्लेख गरेको र दुई तिहाई बहुमतसहित बालेन शाहको नेतृत्वमा बलियो र स्थिर सरकार बन्ने पक्का भएकाले लगानीकर्ताको मनोबल बढेको बताउँछन् । बालेन सरकारले पूँजी बजारको सुधार, बिस्तार र बिकासका लागि फटाफट काम गरेमा आम लगानीकर्ताहरुको मनोबल अझ बलियो भएर बजार सधैं चलायमान भईरहने हुँदा आफुहरुले आगामी दिनमा त्यसका लागि ठोस पहल गर्ने उनले बताए ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।