सुन र चाँदीको मूल्य घट्यो

Mar 18, 2026 11:01 AM Merolagani



चैत ४ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दवैको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।