प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा नोक्सानी भएको हो ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।
सरकारी कार्यालयहरु आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतोले जानकारी दिए ।
हावाहुरीपछि सोमबार राति आएको विद्युत आपूर्ति आंशिक रूपमा मात्रै सुरु भएको छ । तर, सदरमुकाम क्षेत्र भने विद्युत सञ्चालन हुन सकेको छैन् ।