प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Mar 31, 2026 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४७.७१ अंक घटेर २८३१.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०३ अंक घटर २८३१.३६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ९५ पटकको कारोबारमा ४१ लाख ४५ हजार २७८ रुपैयाँ ९० पैसाबराबरको ७ हजार ९८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।