अघिल्लो कारोबार दिन अर्थात मंगलबार २३.८३ अंक बढेर २९६०.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.२७ अंक बढेर २९६४.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०८ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा १०६ स्टकको ३०८ पटकको कारोबारमा १२ करोड ८२ लाख ३९ हजार ३०३ रुपैयाँ ८० पैसाबराबरको १ लाख ४९ हजार २९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४८ स्टकको मूल्य बढेको छ भने ४१ स्टकको मूल्य घटेको छ। बाँकी १७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।