एमाले संसदीय दलको नेता 'बादल' कि 'नेम्वाङ'

Apr 01, 2026 01:41 PM MeroLagani



एमाले संसदीय दलको नेता काे बन्ला ? अहिले याे बिषय निकै 'हट केक' भएकाे छ ।

नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ । यही बैठले संसदीय दलकाे नेता चयन गर्ने छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बैठक चलिरहेको छ । बै‌ठकमा संसदीय दलको नेता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बनाउनु पर्ने एकाथरीकाे तर्क छ भने अर्काे तिर इलाम–२ बाट निर्वाचित सुहाङ नेम्वाङलाई संसदीय दलकाे नेता बनाउनु पर्छ भन्नेहरु पनि कम छैनन् । नेम्वाङले यसअघि नै संसदीय दलको नेताको जिम्मेवारी दिए खुट्टा नकमाउने बताइसकेका छन् ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।