सिटी वालेट र छिटो पैसा गाभिए, वैशाख ३ देखि एकीकृत कारोबार सुरु हुने

Apr 02, 2026 04:38 PM Merolagani



नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति पाएका दुई संस्थाहरू सिटी वालेट प्रालि र छिटो पैसा प्रालि एक आपसमा गाभिएका छन् । यी दुई संस्था गाभिएर अब ‘सिटी वालेट प्रालि’ को नामबाट एकीकृत कारोबार सञ्चालन हुने भएको छ ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका अनुसार साविकका दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व नयाँ बन्ने संस्थाले व्यहोर्ने गरी मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिएको हो। दुवै संस्थाको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी बैशाख ३ गते बिहीबारदेखि एकीकृत रूपमा सञ्चालन हुनेछ।

‘भुक्तानी तथा फछ्र्यौट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७’ को विनियम ३७ को उप–विनियम १३ मा भएको व्यवस्था बमोजिम सम्पन्न गरिएको हो । यस मर्जरसँगै अब दुवै वालेटका प्रयोगकर्ताहरूले ’सिटी वालेट’ को नामबाट एकीकृत डिजिटल भुक्तानी सेवा प्राप्त गर्नेछन् ।

यसअघि खल्ती पे र आईएमई पे मर्जर भएर खल्ती बाई आईएमई पेको रुपमा सञ्चालन भइसकेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।