निर्माण व्यवसायी सागर कटुवाल पक्राउ

Apr 03, 2026 11:42 AM merolagani



निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको छ ।

सीआइबीले सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्का प्रणाली नै ह्याक गरेर ठूला ठेक्का कब्जा गर्दै आएको घटनामा दुई महिनादेखि अनुसन्धान गरिरहेको थियो । यसैक्रममा कटुवालको पनि संलग्नता देखिएको भन्दै उनलाई चैत १७ गते राति पक्राउ गरिएको हो ।


उनी नेपाल निर्माण व्यवसायी संघको १३ औँ अधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।