नयाँ वर्षसँगै काठमाडौंमा रात्रिकालीन बस सञ्चालन हुने

Apr 03, 2026 12:20 PM merolagani



आगामी २०८३ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा विभिन्न रुटहरुमा रात्रिकालीन बस सेवा सञ्चालन हुनेछन् ।

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

त्यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो ।

यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको महानगरले जनाएको छ । ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नु पर्ने, भीडभाड तथा ठेलमठेलको अवस्था अन्त्य गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याउन लागिएको महागरपालिकाकी उपमेयर सुनिता डंगोलले बताइन् ।

उनका अनुसार, सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला रहेको उनले बताइन् ।

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।