शुक्रवार पार्टीको सचिवालय बैठकमा सहभागी हुन पुग्नुभएका पार्टीका नेताहरुलाई पार्टी मुख्यालय च्यासलमा उपहार स्वरुप पुष्पगुच्छा दिँदै उनीहरुले सो दबाब दिएका हुन् ।
पार्टी संसदीय दलको नेता चयनमा सांसद सुहाङ नेम्वाङलाई बनाउनुपर्छं भन्ने लविङ गर्दै आएका उनीहरुले अपेक्षाअनुसार परिणाम नआएपछि पार्टी नेतृत्वको आलोचना गर्न शुरु गरेका छन् ।

विशेष गरी अनेरास्ववियु आवद्ध विद्यार्थी नेताहरुले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नभए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने भन्दै नेतृत्व हस्तान्तरणका लागि पार्टी नेतृत्वमाथि दबाब बढाएका हुन् । अहिले च्यासलमा प्रतिनिधि सभाको बिहीवारको बैठकमा संसदीय दलका नेता रामबहादुर थापाले राखेका धारणाबारे छलफल गर्न बैठक जारी छ ।