मध्यपूर्वमा जारी तनावका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाई

Apr 03, 2026 03:54 PM merolagani



परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाई भएको जनाएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा ३८ वटा शव नेपाल ल्याउन ढिलाई भएको जानकारी गराए ।

उनकाअनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शवहरू नेपाल ल्याउन बाँकी छ । विभिन्न समयमा मृत्यु भएका उनीहरुको शव नेपाल ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताए ।

उनले मध्यपूर्व क्षेत्रमा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु तथा २१ जना घाइते भएको जानकारी पनि दिए । उनले जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीहरूको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमाहालसम्म ८६ हजार ४ सय २० जनाले आफ्नो विवरण दर्ता गराएको जानकारी दिए ।

यस्तै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकहरूको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको जानकारी समेत क्षेत्रीले दिए। 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।