आउँदो वर्षको बजेट वक्तव्यको मस्यौदा तयार गर्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ । समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ ।
समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल छन् ।
समितिले अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गर्ने बजेट वक्तव्यको पूर्ण मस्यौदा तयार गर्ने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
समितिले सरकारको वार्षिक नीति तथा कार्यक्रमका निम्ति आवश्यक रचनात्मक सुझाव समेत उपलब्ध गराउने छ ।