पूँजी बजारमा सरकारले आगामी दिनमा लिनुपर्ने रणनीतिका बारेमा छलफल

Apr 10, 2026 01:57 PM Merolagani



नेपाल चार्टड एकाउण्टेण्ट्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबारे छलफल गरेको छ ।

संघको आयोजनामा भएको प्रि–बजेट छलफलमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधारमा नीतिगत सुधार, प्रक्रियागत सरलीकरणका विषयमा सरकारले आगामी वर्षको बजेटमा लिनुपर्ने नीतिका बारेमा छलफल भएको थियो । चार्टड एकाउण्टेण्ट्स संघका महासंचिव प्रदीप अर्यालकाअनुसार आगामी बजेट कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा छलफल गरिएको र छिट्टै निष्कर्ष सरकारलाई बुझाइने जानकारी दिए।

महासचिव अर्यालले भने–‘चार्टड एकाउण्टेण्ट्स संघले विगतदेखि नै प्रिबजेट छलफल गर्दै आएको छ र सरकारलाई तटस्थ रुपमा सुझाव समेत दिने गरेको छ । त्यहाँबाट धेरै परिवर्तन समेत सुझावका आधारमा हुने गरेको छ । दुई दिने अन्तर्रक्रिया कार्यक्रममा बजेट कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा व्यापक छलफल भयो ।’

अर्यालयकाअनुसार राजश्व चुहावट नियन्त्रण तथा अनुसन्धान, बैंक, वित्तीय संस्था, बीमा, रेमिटेन्स, पूँजी बजारमा सरकारले आगामी दिनमा लिनुपर्ने रणनीतिका बारेमा समेत छलफल गरिएको थियो ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।