उपसभामुखको चुनावमा रुबीको पक्षमा मतदान गर्ने रास्वपाको निर्णय

Apr 10, 2026 02:11 PM Merolagani



राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हाे ।

उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामा उम्मेदवार बनेका छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।