सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी, बुबा वैदेशिक रोजगारीमा र आमा इँटाभट्टामा काम गर्ने रुबीकाे यसरी बित्याे बाल्यकाल

Apr 10, 2026 03:02 PM merolagani



श्रम संस्कृति पार्टीबाट राजनीति सुरु गरेर समानुपातिक सूचीबाट सांसद बनेकी रुबीकुमारी ठाकुर अन्ततः प्रतिनिधि सभामा सबैभन्दा कम उमेरमा नै उपसभामुख बन्न सफल भएकी छन् । 

अहिलेसम्मको संसदीय अभ्यास हेर्दा, उनी नै कम उमेरमा उपसभामुख जस्तो पदमा नियुक्त भएकी हुन् ।


गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीको सिफारीसमा र अन्य दलको समर्थनमा उनी उपसभामुखमा निर्विरोध निर्वाचति भएकी हुन् । २५ वर्षको कलिलो उमेरमा नै ठाकुरले उपसभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी पाउनुले युवाले अवसर पाए गर्छन भन्ने उदाहरण समेत बनेकी छन् ।

को हुन उपसभामुख रुबी ठाकुर ?

धनुषा जिल्लाको जनकपुरधाम–१४ मा जन्मिएकी रुबी सामान्य परिवारबाट आएकी हुन् । उनको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बुबा वैदेशिक रोजगारीमा हजामको काम गर्थे भने आमा इँटाभट्टामा मजदुरी गरेर परिवार चलाउँथिन् । ठूलो परिवार, सीमित आम्दानी र दैनिक संघर्षका बीच हुर्किएकी रुबीले पढाइलाई आफ्नो मुख्य आधार बनाइन् । कठिन परिस्थितिकाबीच उनले सिभिल इन्जिनियरिङ अध्ययन पूरा गरिन्, जुन आफैंमा ठूलो उपलब्धि थियो ।

रुबीको राजनीति यात्रा भने निकै फरक ढंगले सुरु भयो । उनी लामो समयदेखि सक्रिय राजनीतिक कार्यकर्ता होइनन् । श्रम संस्कृति पार्टीले उनलाई समानुपातिक तर्फको बन्दसूचीमा समावेश गरेपछि मात्र उनको औपचारिक राजनीतिक प्रवेश भयो । प्रतिनिधिसभा निर्वाचनमा उक्त पार्टीले पाएको मतका आधारमा उनी समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भइन् । प्रत्यक्ष निर्वाचन लडेर होइन, तर पार्टीको सूचीमार्फत संसदमा प्रवेश गरेकी उनी नयाँ पुस्ताको प्रतिनिधिका रूपमा हेरिन्छिन् ।

500

दलहरूको समर्थन, विशेषगरी नयाँ र परिवर्तनको पक्षमा उभिएका शक्तिहरूको साथ पाएपछि उनको उम्मेदवारी बलियो बन्यो । कम उमेर, स्वच्छ छवि र संघर्षशील पृष्ठभूमिले उनलाई अन्य उम्मेदवारभन्दा फरक बनायो । यही कारणले उनी उपसभामुख पदका लागि बलियो दाबेदारका रूपमा स्थापित भइन् ।

रुबी ठाकुरको उदय केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो नेपाली समाजको परिवर्तनशील स्वरूपको संकेत पनि हो । गरिबी र अभावका बीचबाट उठेर राष्ट्रिय नेतृत्वको तहसम्म पुग्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् । परम्परागत राजनीतिक पृष्ठभूमिबाट बाहिर रहेर पनि अवसर पाएमा नयाँ पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने सन्देश उनको यात्राले दिएको छ ।

आज रुबी ठाकुरको नाम केवल एक सांसद वा सम्भावित उपसभामुखका रूपमा मात्र होइन, संघर्ष, आशा र नयाँ सम्भावनाको प्रतीकका रूपमा पनि चर्चामा छिन् ।

 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।