सुनचाँदीको मूल्य सामान्य बढ्यो

Apr 12, 2026 10:55 AM Merolagani



चैत २९ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य सामान्य बढेको छ। यसदिन सुन प्रतितोला २०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुनको मूल्य दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन बजारमा चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।