गत साता ६ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।
प्रतिरोध परीक्षणमा
गत साता नेप्से परिसूचक २८०० देखि २८६० को प्रतिरोध परीक्षणमा रहेको छ। साताको अन्तिम कारोबार दिन, इन्ट्रा डे मा नेप्सेले सो क्षेत्र तोडेपनि अन्तिम समयमा भने सोही क्षेत्रमा झरेको छ। आगामी दिनमा नेप्सेले सो क्षेत्र तोडेर उकालो लागेमा २९९० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। तर, सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा भने २६४५ देखि २६९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता बलियो
साप्ताहिक रुपमा गत साता नेप्सेले लामो पुच्छर र छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले गत साताको सुरुवातमा बिक्रीकर्ता हाबी भएपनि साताको अन्त्यतिर भने खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम
गत साता नेप्सेको भोल्यूम कमजोर रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ९ अर्ब ५४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २६.३८ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी घटेको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई तलबाट काटेर माथि लागेमा बुलिश क्रशओभर बन्नेछ जसले बजार बढ्ने संकेत गर्नेछ।

खरिदबिक्री चाप सन्तुलनमा
गत साता नेप्सेको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)