दक्षिणकालीकाे रानीमडाँडामा भीरबाट कार खस्दा एक जनाको मृत्यु

Apr 12, 2026 04:42 PM Merolagani



काठमाडौंको दक्षिणकाली क्षेत्रमा पर्ने रानीमडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आइरहेको बीएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई भिरबाट खसेको हो।

प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा स्थित केरावारी–सितचोक नजिकै सडकबाट कार करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।