युद्ध शुरु भएपछि यसरी इरानले कमायो अर्बाैं डलर, अब लडाईको केन्द्र स्ट्रेट अफ हरमुज बन्दै, विश्वको ढुवानी प्रकृया थप अवरुद्ध हुन सक्ने खतरा

Apr 12, 2026 06:24 PM mero lagani



अमेरिका इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको छ । र, अब अर्काे वार्ता हुन्छ वा दुवै पक्ष सिधै वारपारको युद्धमा लाग्छन् ? अहिले नै यकिन भन्न सकिदैन ।

दुवै पक्षबीच मध्यस्तता गरिरहेको पाकिस्तानले फेरि पनि वार्ताको लागि पहल गर्ने बताइरहेको छ ।

अमेरिकाले युद्ध सफल नभए इरानको अस्तित्व नै समाप्त पारिदिने बताउंदै युद्ध शुरु भएपछि इरानको सामरिक र आर्थिक अवस्था जर्जर हुँदै गरेको छ । तर, अमेरिकाको त्यो दावी पछिल्ला केही रिपोर्टहरुले भने त्यसलाई खण्डन गरेका छन् । इरानले स्ट्रेट अफ हरमुजमार्फत युद्धको बीचमै पनि निकै ठूलो आम्दानी गरेको र त्यसबाट देशको आर्थिक अवस्थालाई टिकाउन सहयोग पुगेको देखाएको छ ।

रिपोर्टअनुसार युद्ध सुरु भएदेखि नै इरानले तेलको बिक्रीबाट बम्पर भन्न मिल्ने गरि निकै ठूलो आम्दानी गरेको छ । होर्मुजमाथिको आफ्नो नियन्त्रणको कारण त्यहाँबाट पार हुने जहाजहरुबाट लाखौं डलरको दरले रकम असुलेको कारण युद्ध शुरु भए यता अर्बाैं डलर आम्दानी गरेको र त्यसले युद्ध बजेट व्यवस्थापनमा सहयोग पुगेको बताइएको छ ।

ब्लुमबर्गले यसअघि नै इरानले युद्ध सुरु भएदेखि तेलको बिक्रीबाट दैनिकरुपमै करोडौं डलर कमाएको रिपोर्ट सार्वजनिक गरेको थियो । युद्ध शुरु भएपछि उस्ले केही समय पूर्णरुपमा स्ट्रेट अफ हरमुज बन्द गर्यो । तर, पछि अमेरिका र इजरायल तथा उस्लाई समर्थन गर्ने देशहरुवाहेक अरुलाई नरोकिएको घोषणा गर्यो । तर, युद्धका कारण पूर्णरुपमा संचालन भएन । तै पनि कैंयौको संख्यामा पानी जहाजहरुले उक्त समुद्री नाका पार गरेका थिए । तर, तिनीहरुसंग इरानले प्रति जहाज २० लाख डलरसम्म असुल गरिरहेको समाचार यस अगाडि नै सार्वजनिक भएको छ ।

यो नाका भएर विश्वभरका झण्डै २० प्रतिशत पेट्रोलियम पदार्थको ढुवानी हुने र अन्य वस्तुहरुको पनि ठूलो मात्रामा ढुवानी हुने गरेको बताइदैं आएको छ ।

अमेरिकाले स्टेट अफ हरमुज इरानको नियन्त्रणबाट बाहिर राखिनु पर्ने र त्यो समुद्री नाका भएर वारपार गर्ने जहाजहरुबाट कुनै पनि रकम लिन नपाउने बताउंदै आएको छ । तर, इरानले अमेरिकाको त्यो प्रस्तावलाई ठाडै अस्विकार गर्दै आएको छ । पाकिस्तानमा भएको वार्ता असफल हुनुको मुख्य कारण पनि यही भएको बताइएको छ । इरान कुनै पनि शर्तमा आफ्नो मुख्य आम्दानीको स्रोतको रुपमा रहेको स्ट्रेट अफ हरमुजमा नियन्त्रण गुमाउन नचाहने देखिएको छ ।

अब युद्ध चर्किएमा त्यसको केन्द्रविन्दु स्ट्रेट अफ हरमुज हुने निश्चित छ । त्यस्ले युद्धरत् इरान तथा अमेरिका र इजरायललाई कस्तो असर पार्ला ? वा स्ट्रेट अफ हरमुज बन्द भएर त्यसको असर विश्वको ढुवानी प्रकृयामा कति समयसम्म कस्तो असर पार्ला ? अहिले नै यसै भन्न सकिदैन । तर, स्ट्रेट अफ हरमुजकै कारण इरानको अर्थतन्त्र टिकीरहेकोले अब लडाईको केन्द्र विन्दु त्यही क्षेत्र हुने निश्चित देखिएको छ ।




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।