'लाली गुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ'

Apr 13, 2026 11:58 AM Merolagani



नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरूसँग ठुलो परिमाणमा सुन र सम्पत्ति रहेको तथ्य बाहिरिएपछि सरकारमाथि तिखो व्यङ्ग्य गरेका छन्। सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै उनले यस्ताे व्यङ्ग्य गरेका हुन् ।

उनले लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो। देश लङ्का बनिसकेछ, डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। संवृद्धि आएछ -सुशासन त्यहीबाट आरम्भ भई हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो दूर भएछ-झिक्कै झिक्कै मया तम्लाई!’