मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति?

Apr 22, 2026 06:38 AM Merolagani



मञ्जुश्री फाइनान्स (MFIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण फाइनान्सको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको कुल सञ्चालन आम्दानी १०.१५ प्रतिशत र सञ्चालन मुनाफा १०.२९ प्रतिशत बढेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज भने समीक्षा अवधिमा १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३८.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ।

१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।