ब्याज आम्दानीसँगै घट्यो आरएसडिसी लघुवित्तको नाफा

Apr 17, 2026 09:46 AM Merolagani



आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९८ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३.६५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १२.८० प्रतिशत र सञ्चालन मुनाफा ६.६९ प्रतिशत घटेको छ। तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५ करोड ६७ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५५ पैसा घटेर ८ रुपैयाँ ४६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ८२.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ७ पैसा रहेको छ।

१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ८९ हजार रुपैयाँ सञ्चित छ। पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ६० करोड ८९ लाख रुपैयाँ सापटीबाट ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 



नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।