हप्ताभरिमा तीन हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

Apr 25, 2026 05:57 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य घटेको छ । गत बैशाख ४ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, त्यसको एक हप्तापछि अर्थात बैशाख ११ गते शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला तीन हजार ३०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत बैशाख ६ गते बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२०० रुपैयाँले बढेको देखिन्छ । त्यसदिन प्रतितोला सुनको मूल्य ३ लाख १ हजारमा कारोबार भएको थियो ।

त्यस्तैगरी, बैशाख ७ गते सोमबार भने अघिल्लो दिनको तुलनामा पुनः एक हजार ३०० रुपैयाँले घटेर त्यसदिन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख ८ गते मंगलबार पुनः सुनको मूल्य बढ्यो । त्यसदिन एकैचोटी एक हजार ६०० रुपैयाँ बढेर ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बैशाख ९ गते बुधबार पुनः सुन प्रतितोलामा ८०० रुपैयाँले घटेर ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैबाख १० गते बिहीबार एकैदिन एक हजार ८०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

सुन व्यवसायीका अनुसार, मध्यपूर्वी युद्धलगायतका कारण सुनको मूल्य कहिले ह्रवात्तै बढ्ने, कहिले ह्रवात्तै घट्ने अवस्थामा पुगेको बताएका छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।