एनएमबी बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

Apr 24, 2026 05:17 PM Merolagani



एनएमबी बैंक (@NMB@) ले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय संस्थागत कारोबारमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीस्थित कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘STP (Straight Through Processing) Award 2025’ प्राप्त गरेको छ।

यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो। पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गरिन्छ। यसले एनएमबी बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा छिटो र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने,'हाम्रा ग्राहकहरूको लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवालाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो। उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौं।'

यस उपलब्धिले एनएमबी बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारको रूपमा थप सुदृढ बनाएको छ।

हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १६४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।