पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सडक भासिएपछि ग्यासका बुलेट आउन छाडेकाले काठमाडौं उपत्यकामा ग्यासको अभाव चुलिएको हो ।
यसअघि देखिएकाे अभाव कायमै छ। पछिल्लो पटक बाढीका कारण सडक भासिएपछि अभाव झनै बढेको हो । आम उपभोक्ताहरुले सहज रुपमा ग्यास पाउन छोडेको गुनासो गर्न थालेका छन् ।
सडक भासिएपछि भदौ १३ गते यता कुनै पनि ग्यासको बुलेट काठमाडौं उपत्यकामा नआएको र वैकल्पिक माध्यमबाट ल्याउने योजना बनाइरहेको नेपाल आयल निमगले जनाएको छ ।

यता, लामो समयपछि साल्ट ट्रेडिङ कर्पोरेसन(एसटीसी)को ग्यास आइतबार आएको थियो । आम उपभोक्ताले सोमबारदेखि ग्यास पाउने आशामा लाइनमा छन् । कर्पोरेसनकाे केन्द्रीय कार्यालयमा ग्यास लिन आउने उपभोक्ताको लामो लाइन र भीड देख्न सकिन्छ ।
भदौ १० गतेसम्म लिएको टोकनको बल्ल पालो आएर ग्यास पाएको एक उपभोक्ताले मेरो लगानीसँग बताए ।