यो साता वर्षाको सम्भावना, शनिबारदेखि क्रमशः मौसम सुधार हुने

Apr 26, 2026 11:54 AM Merolagani



यो साताभर वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वज्निक गरेको मौसम विवरणअनुसार, यो साताभर वर्षाको सम्भावना बढी छ । 

खासगरी, आज तराइसहित आइतबारदेखि मंगलबारभित्र कोशी, मधेश, बागमती प्रदेशका थोरै ठाउँमा तथा गण्डकी र लुम्बिनीका तराईका एक। दुई ठाउँमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

यसैगरी, बुधबारदेखि विहीबारभित्र भने कोशी प्रदेशका धेरै ठाउँहरुमा र मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यम खालको पानी पर्ने प्रक्षेपण विभागले गरेको छ ।

पहाडी भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा मध्यम खालको पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि विहीबारभित्र भने कोशी, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्म पानी पर्ने सम्भावना छ ।

मौसमविद महर्जनका अनुसार हिमाली भेगमा पनि आइतबारदेखि मंगलबारभित्र कोशी, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा पनि मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ ।

बुधबारदेखि बिहीबारभित्र कोशी, बागमती र गण्डकीका धेरै ठाउँहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।