सूचना पछि बुटवलमा घरटहरा हटाउन जुटे स्थानीय

Apr 26, 2026 11:57 AM Merolagani



बुटवल उपमहानगरपालिकाको सूचनापछि उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउने काम सुरु भएको छ। बुटवल–४ क्षेत्रमा रहेका स्थानीयले आफैं अग्रसर हुँदै गएरातिदेखि नै आफ्नो सामान सार्न थालेका हुन्।

 

हिजो साँझ माइकिङमार्फत घर–टहरा हटाउन आग्रह गरिएपछि बासिन्दाले तत्काल प्रतिक्रिया जनाउँदै संरचना खाली गर्न थालेका थिए। आज बिहानदेखि केही टहरा धनीले आफ्ना अस्थायी संरचना भत्काउँदै अन्यत्र बसाइँ सर्ने प्रक्रिया अघि बढाएका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि रहेको सरकारी जग्गा खाली गराउने अभियान अहिले तीव्र रूपमा सञ्चालन भइरहेको छ। उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको बताइएको छ।

साबिक कित्ता नम्बर ३९६ (हाल ७८१२६११३४) अन्तर्गत पर्ने करिब २ बिघा ५ कट्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका संरचना हटाउन उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो। उक्त जग्गा पहिले लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेकोमा पछि उच्च अदालतलाई भोगाधिकार दिइएको हो।

नापी कार्य सम्पन्न भएपछि आवश्यक परे डोजर प्रयोग गरी बाँकी संरचना हटाइने तयारी रहेको जनाइएको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।