बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई व्यक्ति पक्राउ

Apr 26, 2026 02:11 PM Merolagani



प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई व्यक्तिहरु पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४८ वर्षीय रोहितलाल श्रेष्ठ र काठमाडौं महानगरपालिका–२८ बस्ने मोरङ विराटनगर महानगरपालिका–१० घर भएका मणी निरौला रहेका छन् ।

 

सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले उक्त मुद्दामा १३ लाख ३३ हजार ३ सय ३३ रूपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय ठहर भई फरार रहेका रोहितलाललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो । यसैगरी उच्च अदालत पाटनको २०७९ असार १ गतेको फैसलाले सोही मुद्दामा २० लाख रूपैयाँ जरिवाना, ८० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ८ दिन कैद सजाय ठहर भई फरार रहेका मणीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।