सीडीएससीको नेतृत्व कञ्चन सापकोटालाई, प्रवीण पन्दाक नेप्से फिर्ता

Apr 27, 2026 01:11 PM Merolagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा  'कायम मुकायम' (कामु) प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई सुम्पिएको छ। 

आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्ने औपचारिक निर्णय गरेको छ।

पन्दाकलाई जिम्मेवारीबाट मुक्त गरिएसँगै हिजोकै बैठकले सीडीएससीको 'कायम मुकायम' (कामु) प्रमुखको जिम्मेवारी कन्चन सापकोटालाई सुम्पिएको हो। सापकोटा हाल सीडीएससीमा प्रशासन र मानव संशाधन (HR) विभागको प्रमुखको रूपमा कार्यरत थिइन्।

तत्कालीन नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा २०८१ पुस १४ गते प्रवीण पन्दाकलाई चार वर्षका लागि सीडीएससीको प्रबन्ध सञ्चालक नियुक्त गरेका थिए। खुला प्रतिस्पर्धाबाट नयाँ सिइओ नियुक्त गर्नुपर्ने ठाउँमा, आफ्नो कार्यकालको अन्तिम समयमा गरिएको यो दीर्घकालीन नियुक्तिलाई नीतिगत विचलनका रूपमा हेरिएको थियो।

अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्ने पदमा सिधै चार वर्षको कार्यकाल तोकिएपछि नेप्सेको वर्तमान नेतृत्वले यसमा प्रश्न उठाएको थियो। नियमसम्मत नदेखिएको भन्दै नेप्से सञ्चालक समितिले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट हटाएर पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय केही दिनअघि गरेको थियो।

सीडीएससी सञ्चालक समितिले नेप्सेको उक्त निर्णयलाई हिजो औपचारिक रूपमा स्वीकार गरेपछि पन्दाक अब नेप्सेमै आफ्नो पुरानो जिम्मेवारीमा फर्किने छिन्। योसँगै सीडीएससीमा विधिपूर्वक नयाँ नेतृत्व (स्थायी सिइओ) चयन गर्ने बाटो पनि खुलेको छ।अहिलेका लागि कञ्चन सापकोटाले संस्थाको प्रशासनिक र कार्यकारी नेतृत्व सम्हाल्ने छिन् भने नयाँ सिइओको नियुक्ति प्रक्रिया अब चाँडै अघि बढ्ने अपेक्षा गरिएको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।