सशस्त्र प्रहरी बलको आइपीजीमा नारायणदत्त पौडेल

Apr 27, 2026 03:13 PM Merolagani



सशस्त्र प्रहरी बल, नेपालको १३ औं महानिरिक्षक (आइजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त भएका छन् ।

सरकारले अतिरिक्त महानिरिक्षक (एआइजी) पौडेललाई महानिरिक्षक (आइजीपी) मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।