विद्युतीय खरिद प्रणालीमा अनाधिकृत पहुँच प्रकरणमा थप एक पक्राउ

Apr 29, 2026 04:34 PM Merolagani



सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणालीमा अनाधिकृत रूपमा प्रवेश गरी ठेक्कापट्टाका विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन्। 

विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै प्रणालीभित्र पसेर डकुमेन्ट परिवर्तन गर्ने गरेको उजुरीका आधारमा साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो।

चितवन घर भई हाल काठमाडौं बस्ने ७० वर्षीय गौलीलाई काठमाडौं जिल्ला अदालतको अनुमति लिई पुरानो बानेश्वरबाट पक्राउ गरिएको हो। उनीमाथि सुरुमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भए तापनि घटनाको गाम्भीर्यतालाई हेरेर हाल संगठित अपराध निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसहित जम्मा १३ जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सरकारी ठेक्का प्रक्रियाको मुख्य प्रणालीमै अनधिकृत पहुँच पुर्याई चलखेल गरेको यस घटनाले सार्वजनिक खरिद प्रक्रियाको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

 




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।