विश्वप्रसिद्ध अटोमोबाइल समूह SAIC-GM-Wuling (SGMW) को प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू छिट्टै नेपाल भित्र्याउने तयारी कम्पनीले गरेको हो।
सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको SGMW को ‘वुलिंग’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ। नेपालमा पनि सन् २०२३ देखि आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले अब नयाँ र विविध उत्पादनहरूमार्फत अझ आक्रामक रूपमा अगाडि बढाउने रणनीति लिएको छ।
आउँदै गरेका नयाँ मोडेलहरू र तिनका विशेषताः
१. एक्सियन ईभी (Eksion EV) ७ सिटर प्रिमियम SUV- ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो एसयूभीमा ६९.२ किलोवाटको ‘म्याजिक ब्याट्री प्रो’ रहेको छ, जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६०–डिग्री क्यामेरा र अत्याधुनिक ‘एडास’ (ADAS) प्रणाली जस्ता सुविधाहरू समावेश छन्।

२. वुलिंग मिनी ईभी- सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब ४ वटा ढोकासहित नयाँ स्वरूपमा आउँदैछ। यसको "Global Small Electric Vehicle - GSEV" आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै यसले ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधा समेत उपलब्ध छ।
३. डेरियन एमपिभी (Darion MPV EV) विलासी यात्रा- लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुनेछ। ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

४. बिङ्गो ईभी (Binguo EV) – नेपाली सडकमा लोकप्रिय यो ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो मोडेल ३१.९ किलोवाट (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ ।
कार्यक्षमताका लागि यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ जसले ६७ एचपी पावर र १५० एनएम टर्क पैदा गर्छ। यसको आकर्षक रेट्रो डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र ७९० लिटरसम्मको फराकिलो कार्गो स्पेस रहेको छ। सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा ABS, EBD र भेरियन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू समावेश गरिएका छन्।
भरोसा र दिगोपन
कम्पनीले ग्राहकको आवश्यकता र भौगोलिक अवस्था सुहाउँदो एसयूभीहरु भित्र्याउन प्रतिवद्ध रहेको जनाएको छ । प्यारामाउन्ट मोटर्सले आफ्ना सबै ‘वुलिंग’ मोडेलहरूमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउनेछ। यसले ग्राहकहरूमा विद्युतीय सवारीप्रति थप विश्वास जगाउने कम्पनीको विश्वास छ।
‘हामी नेपाली ग्राहकहरूको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधनहरू भित्र्याउन प्रतिबद्ध छौँ,’प्यारामाउन्ट मोटर्सका प्रवक्ताले भने ‘नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पुऱ्याउनेछ।’ यी नयाँ ‘वुलिंग मोडेलहरू छिट्टै देशभरका आधिकारिक शोरुमहरूमा उपलब्ध हुनेछन्।