गोल्छालाई समयमै उपस्थित नगराउँदा गोल्छाको रिट ‘हेर्न नभ्याइने’ सूचीमा, सुनुवाइ स्थगित

Apr 29, 2026 05:25 PM Merolagani



थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासम्बन्धी वन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

बुधबार (वैशाख १६) न्यायाधीश सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन। मंगलबार सर्वोच्चले २४ घण्टाभित्र उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई आदेश दिएको थियो। तर, गोल्छालाई समयमै उपस्थित नगराइएकाले मुद्दा अघि बढ्न सकेन।

यसअघि गोल्छाको तर्फबाट उनकी श्रीमती सीमा गोल्छाले सोमबार (वैशाख १४) वन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। त्यसपछि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारण खुलाउने लिखित जवाफसहित २४ घण्टाभित्र वन्दीलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम जोडिएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो।

 



सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।