विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’

Apr 30, 2026 02:08 PM Merolagani



नेपाल विद्युत प्राधिकरणले ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ । प्राधिकरणले आफ्नो सहायक संस्थाका रुपमा सञ्चालनमा ल्याएको कम्पनीले सूचना प्रविधि र दूरसञ्चार क्षेत्रको पूर्वाधारलाई एकीकृत,व्यवस्थित र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

कम्पनीले देशभर गुणस्तरीय र भरपर्दो इन्टरनेट तथा दूरसञ्चार सेवा विस्तारका लागि साझा पूर्वाधार मोडलमा काम गर्नेछ । यस अन्तर्गत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई ‘प्लग–एण्ड–प्ले’ अवधारणा अनुसार पूर्वाधार उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।  सेवा प्रदायकहरूले छुट्टाछुट्टै पोल गाड्ने,तार टाँग्ने वा सडक खन्ने आवश्यक नपर्ने बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साझा पूर्वाधार प्रणालीले सहरी व्यवस्थापन, इन्टरनेट पहुँच विस्तार र डिजिटल सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

उनका अनुसार प्राधिकरणसँग रहेका अप्टिकल फाइबर,भूमिगत संरचना तथा पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराइनेछ ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।