सुन र चाँदीको मूल्यमा भारि वृद्धि

May 06, 2026 10:47 AM Merolagani



बैशाख २३ गते बुधबार, नेपाली बजारमा सुन र चाँदीमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला पाँच हजार ८०० रुपैयाँ र चाँदी तोलामा १७५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।


यस दिन चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैयाँ खरिदबिक्री भएको थियो।