नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनहरुमा सुन र चाँदीको मूल्य निरन्तर रुपमा घट्ने क्रम जारी छ।
यस दिन चाँदी प्रतितोला चार हजार ८१० रुपैयाँ खरिदबिक्री भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ९१५ रुपैयाँ खरिदबिक्री भएको थियो।
